रोशन पोखरेल असोज १५ विराटनगर-
जयबजरंगीबली बचत तथा ऋण सहकारी संस्थाले विपन्न विद्यार्थीहरुलाई ब्याग तथा स्टेशनरीका सामग्रीहरु प्रदान गरेको छ । शुक्रबार उर्लाबारी–३ स्थित राधिका उमाविमा अध्ययनरत २५ जना छात्र÷छात्राहरुलाई सहकारीले ब्याग तथा स्टेशनरीका सामग्रीहरु प्रदान गरेको हो ।उर्लाबारी–३ स्थित राधिमा उमावि परिसरमा आयोजित एक कार्यक्रमबीच सहकारीका अध्यक्ष मेघराज बस्नेत,उपाध्यक्ष बसन्तदेवी फागो, सहसचिव दुर्गा राई र कोषाध्यक्ष हंस फागोले संयुक्त रुपमा विद्यार्थीहरुलाई कापी, कलम तथ स्कूल ब्याग प्रदान गरेका थिए ।
सहकारीले राधिमा उमाविमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विपन्न विद्यार्थीहरुलाई सहयोग गरेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका प्राचार्य कुमार पोख्रेल, सहकारीका सञ्चालक सदस्य तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो । सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीहरुलाई सहयोग गरिएको सो सहकारीका कोषाध्यक्ष हंस फागोले बताए ।
Post a Comment