Websoft University

सवारी दुर्घटनामा ४ घाइते



मोरङ, सप्तरी, असोज ३० गते ।
मोरङ र सप्तरीमा शनिबार भएको सवारी दुर्घटनामा चारजना घाइते भएका छन्।   मोरङको दर्बेशा-४ मा रंजनी आमतोलाबाट  बिराटनगरतर्फ आउँदै गरेको को १ ख २१८४ नम्बरको बस  अनियन्त्रीत भइ दुर्घटनाट हुँदा बबियाबिर्ता-३ बस्ने सीता बस्नेतको १० बर्षिया छोरा सागर  बस्नेत र दर्बेसा-७ बस्ने २० बर्षिया प्रमिला कार्की घाइते भएकी छिन्।

घाइते दुवैको स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने बसका चालक फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। त्यस्तै सप्तरीको पन्सेरा-३ अमाहामा पूर्वबाट पश्चिमतर्फ  जादै गरेको  बा १ ख ९३१८ नम्बरको ट्रकलाई सोही दिशबाट आउँदै गरेको मे १ च १३७४ नम्बरको भ्यानले पछाडी बाट ठक्कर दिदा भ्यानका चालक सिन्धुली रानीचुर-१ का राकेश लामा र  भ्यानमा सवार उदयपुर कटारी-७ हडिया बस्ने  ओम भट्टराई घाइते भएका छन्। घाइते दुवैको लहान अस्पतालमा उपचार भइरहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.