बिराटनगर, असोज १८ गते । उत्तरी मोरङको पहाडी गाविस सिंहदेवीमा विगत २०६३सालमा स्थापित महाभारत बचत तथा ऋण सहकारी सस्थाले आफ्नो दसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
पहाडी गाविसहरुमा सहकारी सस्थाहरुको स्थापना नभइरहेको अवस्थामा मोरङको विकट पहाडी गाविस सिंहदेवीमा जन्मिएर राजनीति र समाज सेवा गरिरहनुहुने डिल्लीराम शर्मा अधिकारीको संयोजकत्वमा ३०जना सेयर सदस्य र ३३हजार रकमबाट सुरु गरेको सस्था अहिले आएर ६४०सेयर सदस्य,बालबचतकर्ता २५५,ऎच्छिक बचतकर्ता ५३ रहेको र एक करोड एकचालीस लाख छपन्नहजार सात कुल रकम पुगिसकेको अध्यक्ष डिल्लीराम शर्मा अधिकारीले बताउनुभयो।
अहिले आएर सिंहदेवी गाविसको जम्मा जनसंख्या २४६८को ३७.२३प्रतिसत जनसंख्या यस सहकारीमा आवद्ध हुनु पनि ग्रामीण भेगमा पनि सहकारी सस्था प्रतिको आकर्षण बढेको मान्न सकिने सस्थाका व्यवस्थापक मनोज अधिकारीले बताउनुभयो।
ग्रामीण भेगमा स्थापना भएर पनि चाडै सफल ढंगले सहकारीको मर्मलाई आत्मसात् गर्दै कार्य गरेको भन्दै यस सहकारीलाई आर्थिक वर्ष ०७०/७१मा जिल्ला संघ बेलबारीबाट उत्कृष्ट सहकारी घोषित भइ रु२००० नगद तथा सम्मान पत्रले सम्मानित हुन सफल भएको सस्थाका सचिब भीम ठकुरीले बताउनुभयो।
सस्थाले आफ्नो दसौं वार्षिक साधारण सभाको अवसरमा ३०जना सस्थापक सेयर सदस्यहरु डिल्लीराम शर्मा, ज्ञानमाया राई,डम्बर लावती,कमलकुमार लिम्बू,सन्च लिम्बू ,पवित्रा लिम्बू ,अस्मिता लिम्बू ,तिलमाया मगर,मनकुमारी लिम्बू ,लक्ष्मीकुमारी लिम्बू,दिलकुमारी लिम्बू,ईन्द्रबहादुर मगर,यदुनिधी अधिकारी,नारायणप्रसाद बिक,रत्नबहादुर बुढाथोकी,युभराज खड्का,हरिबहादुर बुढाथोकी,राजबहादुर लिम्बू,दगेन्द्र लिम्बू,निउराज खड्का,शान्ती लिम्बू,मनोज अधिकारी,उषा ठकुरी, धनशरी लिम्बू , ८जना जेष्ठ सेयर सदस्यहरु हस्तबहादुर लिम्बू,मकरध्वज लिम्बु,भक्तबहादुर ठकुरी,लक्ष्मीहाङ्मा लिम्बु,चन्द्रमाया लिम्बू,नरमाया लिम्बू,लक्ष्मीमाया ठकुरी र भक्तबहादुर खड्का ,सबैभन्दा
बढी सेयर खरिदकर्ता वसन्तटार १समेवाकी देवीमाया तामाङ,न्यून आय भइ नियमित बचत गर्न सफल बचत
कर्ता सिंहदेवी २का टेकबहादुर लिम्बू सम्मान गर्नुका साथै
दुई जना उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरेको छ। पुरस्कृत हुने कृषकहरुमा अलेची खेती तर्फ सिंहदेवी २का डम्बर लावती र अदुवा खेतीमा उत्कृष्ट हुने सिंहदेवी ६कि लालमाया लिम्बू रहेका थिए।
महाभारत बचत तथा ऋण सहकारीका अध्यक्ष डिल्लीराम शर्मा अधिकारीको सभापतित्व र सचिब भीम ठकुरीको सन्चालनमा भएको दसौं वार्षिक साधारण सभामा प्रमुख अतिथि सिंहदेवी उच्च मावि वसन्तटार चौकी भञ्ज्याङका प्राचार्य गजेन्द्र लिम्बू ,अतिथिहरुमा जेफाले महिला वचत सस्थाका अध्यक्ष कुमारी खड्का,बसन्तटार युवा बचत सस्थाका उपाध्यक्ष राम राई,जेफाले पर्यटन विकास समितिका उपाध्यक्ष मनकुमार मगर,गाविस प्रतिनिधि रन्जित बुढाथोकी,सानाकिसान कृषि सहकारीका व्यवस्थापक राजेश लिम्बू,फाइट साप्ताहिक र रातोतारा डटकमका युवराज ठकुरी,कल्याणकारी माविका प्रअ बसन्तकुमार खाण,मानबहादुर कटवाल रहेका थिए।
कार्यक्रमको प्रतिवेदन सस्थाका व्यवस्थापक मनोज अधिकारी र स्वागत मन्तव्य उपाध्यक्ष नारायणप्रसाद राईले गरेका थिए।
Post a Comment