Websoft University

वी.पी. प्रतिष्ठान धरानमा ५ बजे सम्म ओपिडि सेवा अब देखि सञ्चालन हुने


धरान, कातिक २ गते । धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब अपरान्ह ५ बजे सम्म ओपिडि (वहिरङ) सेवा सञ्चालन हुने भएको छ । यस अघि जेनेरल ओपिडि बाहेक अन्य ओपिडिहरु १ बजे सम्म मात्र सञ्चालन हुने गरेको थियो । नेपाल सरकार स्वास्थ्य मन्त्रालयवाट स्वास्थ्य सेवा प्रवाह गर्ने सरकारी संस्थाहरुले अपरान्ह ५ बजे सम्म बहिरंग सेवा उपलब्ध गराउन निर्देशन भई आएको हुंदा सोही निर्देशन बमोजिम सेवा सुचारु गर्न सम्बन्धित विभागहरुलाई अनुरोध गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. अरविन्द कुमार सिन्हाले बताए । छाला, नाककान घांटी, मेडिसिन, बच्चा, हाडजोर्नी, आंखा र एनेस्थेसिया सम्बन्धि केही रोगहरुको सम्बन्धमा भने प्रतिष्ठानले अपरान्ह २ बजेपछि सञ्चालन गरी विशेषज्ञ सेवा दिंदै आएको थियो । अब भने अपरान्ह १ बजे सम्म जुन रुपमा ओपिडि सेवा सञ्चालन हुने गरेको छ सोही अनुरुप अपरान्ह ५ बजे सम्म सञ्चालन हुने भएको छ । प्रतिष्ठानमा मन्त्रालयको निर्देशन कार्तिक १ अर्थात आज बाटै कार्यान्वयनमा आएको र यसवाट विरामीहरुलाई स्वास्थ्य उपचार लिन धेरै सहज हुनुका साथै ठूलो राहत पुग्ने प्रतिष्ठानका सुचना अधिकृत सुजेन्द्र तामाङले बताए । मन्त्रालयवाट प्रतिष्ठान सहित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान महावौद्ध, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाण्डौंलाई उक्त निर्देशन भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.