रोशन पोखरेल,असोज २९ गते । विराटनगरको विकाश योजना लागी छुटयाइएको कडोैरौको बजेट बालुवामा पानी हाले बरावर भएकोछ। हाल यहाँ भइरहेको बिकास निर्माणको कार्य व्यवस्थित नभएको बिउनपा मा अनियामितााको पारो
बढेको अनावश्यक रूपमा सेमिनार गोष्ठी गरेर बजेट दुरुपयोग गरेको र गुदरी, मेनरो रोड महेन्द्र चोक आसपासमा बाटोकिनारामै पसल थापनदिएर बटुवारेलाइ हिडन गारोपारेको मेनठाउहरूमा नगर प्रहरीले नहेरेको छाडा सुगुर कुकुर नमारेको भन्दै विराटनगरका स्थानिय वासिन्दाले गुनासो गरेका छन ।
बिकास निमाणको कार्य सम्पन्न गरेको १ वर्ष वित्न नपाउदै सडक भत्किनु टुटनु फुटनु भनेको कमिशनको लोभमा नगरपालिका का सम्वध कर्मचारी र निमार्णको जिम्मा पाएको कालिका कन्ट्र्क्सन जिम्मेवार रहेको स्थानिय बासिन्दाले आरोप लगाएका छन ।
यस अघि असोज ६ गते बिराटनगरमा प्राज्ञिक बिद्यार्थी परिषदको आयोजनामा बिद्यार्थीहरुले नगरमा रर्याली गरि
बिराटनगर उपमहानगरपालिका अगाडि जनचेतनामूलक सडक नाटक समेत प्रस्तुत गरेका थिए ।
जुन वेला नगरपालिका का कार्यकारी अधिकृत गोपाल रेग्मीले नगरवासिको मागलाई गम्भिर रुपमा लिएको बताएका थिए । विराटनगरको भटट्चोक देखी पानी टयाङ्की सम्मको सडक बषौ वितिसक्दा पनि मर्मत सम्भारको अभावमा पानी जम्ने हरू मुल सडकहरूमा खाल्डा खुल्डी नबनएको भन्दैै नगरबासिले बिरोध गरिरहेकाछन।
बिकास निर्माणले सुन्ने भयर बिराटनगर शहर नै कुरुप भएकोछ, र सडकमा हिलो र धुलोले गर्दा हिड्न नसकिने अवस्था भएको भन्दै बिराटनगर १५ कान्छा दाइ मार्ग
का स्थानिय वासिन्दाले नगरपालिकालाई आफनो सुझाव
लाई तल्काल सम्वोधन गर्न सुझाव गरिसकेकाछन।
तर गुनासो सुझाव सम्बोधन हुनुको साटो कर्मचारीले आफुहरुलाई झुटो आश्वासन दिएको गुनासो गरेकाछन।
विराटनगर १ का स्थानिय राजेन्द्र श्रेष्ठले आम नगरवासिहरूको सेवा र सुबिधा चासो नराखेको कुरा रातोतारालाई वताए। असोज ६ गते बिद्यार्थीहरुले बिराटनगर उपमहानगरपालिका का सहायक अधिकृत राजेन्द्र प्रधानलाई बिकास निर्माणकार्य चाडै व्यवस्थित रुपमा सम्पन्न गर्न अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
तर हाल सम्मपनि व्यावस्थित रुपमा सडक विकाश नहुनुमा नगरपालिका को चरम लापवाही रहेको विराटनगर २ का सन्तोष यादवले पनि बताउनुभयो ।
उचित रुपमा ढलको निकाश नहुदा वर्षातको समयमा
नगरका अधिकाश स्थानका बासिन्दाहरु रातको समयमा छिमेकिको शरणमा वस्न बाध्य रहेकाछन ।
यतिमात्र नभएर वषोै देखी विराटनगरको मुख्य सडक मार्ग कोशी राजमार्गमा नगरपालिका र नगरप्रहरी नगररक्षक समेतले चासो नदिदा सडकमा नेपाल आयल निगमले आफना टेकर राखेर बाटो कब्जा गरेकोछ, र कहि पसल राखेर बाटो जाम गरेको छन भने महेन्द्र चोक आस पासमा सडक किनारामा ठेेलापसल थापेर नगरै कुरूप बनाउदा पनि सबै चुप भएकाछन ।
अहिले सडक डिभाइडरसाथै विग्रिएको सडक मर्मत सम्भार नगर्दा विराटनगरको हरियालि शहरको बातावरणलाई खलल पुगेको स्थानिय बासिन्दाहरुले बताएका छन ।
बिराटनगर- २ निवासी दीपक कोइराला यहाँ
सरूवा भएर आउनुभएको छ र नगर बिकासको
क्षेत्र केही गर्नु हुन्छ कि भन्ने आम नगरबासिले यश
बेला वहाँ संग आसा गरेकाछन।
Post a Comment