युवराज ठकुरी/सिंहदेवी,मोरङ, असोज २२ गते ।
उत्तरी मोरङको विकट गाविस सिंहदेवीमा रहेको स्थानीय शान्ति समितिले बडा दसैं २०७३को अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान समारोह गाविसको सभाहलमा सप्पन्न गरेको छ।
सिंहदेवी गाविसमा पहिलो पटक औपचारिक रुपमा चाडपर्वलाई लक्षित गरि आयोजना गरिएको यस शुभकामना आदानप्रदान कार्यक्रममा सिंहदेवीमा स्थापित दलीय प्रतिनिधि ,विद्यालयका प्रतिनिधिहरु,दलित प्रतिनिधिको उपस्थिती रहेको थियोे ।
ग्रामीण भेगमा यस प्रकारका कार्यक्रमहरु नभई रहेको अवस्थामा स्थानीय शान्ति समितिले चाडपर्वको अवसरमा गाउँ घरमा शान्तिपुर्ण वातावरण सिर्जना कायम गर्दै,आपसी मनमुटावलाई सदा हटाउनका लागि र सर्वसाधारणमा सन्देश पुर्याउनका लागि यो शुभकामना आदानप्रदान कार्यक्रम गरिएको स्थानीय शान्ति समितिका अध्यक्ष हेमबहादुर ठकुरीले बताउनु भयो।
शुभकामना तथा चियापान समारोह स्थानीय शान्ति समितिका अध्यक्ष हेमबहादुर ठकुरीको सभापतित्व र गाविस प्रतिनिधि रन्जित बुढाथोकीको सन्चालनमा सप्पन्न भएको उक्त कार्यक्रममा स्थानीय शान्ति समिति सदस्य तथा माओवादी केन्द्रका अध्यक्ष खड्गबहादुर ठकुरी,नेपाली काङ्ग्रेस प्रतिनिधि र इसाई समाजका प्रतिनिधि पुर्णबहादुर राई,नेकपा एमालेलेका सचीव भीमबहादुर ठकुरी,दलित प्रतिनिधि रामकुमारी परियार ,महिला प्रतिनिधि धनमाया लिम्बू, फाइट साप्ताहिक र रातोतारा डटकमका युवराज ठकुरी , युवाहरुको तर्फबाट सन्जय राई, कल्याणकारी माविका शिक्षक नगेन्द्रकुमार खाण, कृष्णबहादुर ठकुरी, शन्तकुमारी लिम्बू , कल्याणकारी माविका प्रअ वसन्तकुमार खाण ठकुरी र मन्च सम्बद्ध सङ्घिय लिम्बुवानका अध्यक्ष तथा शान्ति समिति सदस्य गणेश लावती,लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
यसै गरि जेफालेको फेदी सिंहदेवी५बिहिवारेमा पनि सामुहिक दसैं तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको जेफाले होमस्टे व्यवस्थापन समितिका सचिव भीम ठकुरीले बताउनुभयो ।
Post a Comment