मोरंग, कार्तिक ४ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरंगले आज बिराटनगरमा विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा आज बिहान विराटनगरस्थित बसपार्कमा चेतामूलक कार्यक्रम सम्पन्न गरिएको छ । बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले आज बिहान विराटनगर बसपार्कमा यातायात व्यवसायी, चालक, यातायात मजदुरहरुलाई समेत सहभागी गराई ट्राफिक प्रहरी निरीक्षक धनप्रसाद शिवाकोटीले प्रशिक्षण दिनुभएको थियो । सोही कार्यक्रममा चेतनामूलक पर्चा वितरण गर्नुका साथै सवारी साधनमा स्टिकर समेत टाँसिएको थियो ।
यसैगरी, लागू औषध न्यूनिकरणका लागि विराटनगर ५ स्थित जामुनगाछीस्थित मदरल्याण्ड एकेडमीका विद्यार्थीहरुलाई चेतनामूलक प्रशिक्षण दिइएको प्रहरी निरीक्षक शिवाकोटीले बताउनु भयो । कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई लागू औषध दुव्र्यसनबाट हुने हानी र यसबाट बच्ने उपायका बारेमा प्रशिक्षण दिइएको थियो ।
Post a Comment