बिराटनगर,मंसिर १४ मंगलवार, मोरङ नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले सरकारले संविधान संशोधन प्रक्रिया हतारमा अगाडी वढाउन नहुुने वताएका छन ।
हतारमा निर्णय गर्दा मुुलुुकमा असहज परिस्थििती आउने भएकाले सवै कुरा वुुझेरमात्र प्रस्ताव अगाडी वढाउन सरकारलाई आग्रह गरे ।
नेपाली कांग्रेस विराटनगरको ६ नम्वरवर्डाको वर्डा सम्मेलनमा वोल्दै नेता कोइरालाले हतारमा निर्णयगर्दा जातिय सदभाव विग्रने भन्दै प्रदेश तथा जिल्लावासीको भावना वुुझेरमात्र संविधान संसोधन प्रक्रिया अगाडी वढाउनुपर्ने बताए । संविधान कार्यान्वयका लागी निर्वाचन आवश्यक रहेको र त्यसका लागी संविधान संसोधन जरुरी रहेको भन्दै सवैलाइ मिलाएर संविधान संसोधनगर्दा राम्रो हुुने कोइरालाको भनाई थियो ।
नेता कोइरालाले राजनितिक वर्चश्व र आफनो स्वार्थका लागी प्रदेश अलग्याउन खोजे मुुलुुकका लागीनै अनिष्ट हुने वताए । दलका केही नेताले आफनो स्वार्थाका लागी प्रदेश विभाजन गर्न खोजेको छन त्यसो गर्नुु रामा्रे होइन उनको भनाई थियो । भोट नआउने गाउलाइ अर्को गाउमा मिसाउन नदिने केही नेताहरुको प्रवृतिका कारण जातिय सदभावमा असर परिरहेको उनले वताए ।
उहाले ५ नम्वर प्रदेशका केही क्षेत्रलाई अलग्याउन खोजि रहेको वेला स्थानिय वासिन्दाहरु आन्दोलनमा उत्रिएको अवस्थालाई पनी सरकारले वुुझन सक्नुुपर्ने कोइरालाको भनाई थियो ।
उनले भने जिल्लावासीहरुको चाहना केहो त्यो कुुरालाई दलहरुले वुुझन सक्नुुपर्दछ उनले भने होचुवाका भरमा जिल्ला अलग्याउन खोज्दा त्यसको असर सवैतिर पर्ने भएकाले जनता के चाहन्छन पहिले त्यो वुुझनुु जरुरी छ ।
उनले आगामी १४ महिनाभित्र तिनै तहको निर्वाचन नभए मुुलुुक राजनितिक दुुर्घटनामा फस्ने भएकाले अहिलेकै संरचना अनुुसार भएपनी सरकारले स्थानिय निकायको निर्वाचन गराउनुुपर्ने वताए ।
नेता कोइरालाले डा गोविन्द केशीले अनशन वसेरमात्रै समस्याको समाधान नहुुने वताए । उनले विश्व विद्यालयहरुको आफनै नियम कानुुन हुुने भएकाले नियम अनुुसार विश्व विद्यालयलाई आफनो कामगर्न दिनुुपर्ने बताए । अनशन वसेर आफनो अनुुकुुल मान्छे नियुुक्तगर्दै जाने हो भने नियम कानुुन केका लागी उहाले प्रश्न गरे ।
अनशन वस्दैमा नियम कानुुन विपरित अगाडी वढने होभने मुुलुक अराजकता तर्फ जाने नेता कोइरालाको भनाई थियो । विश्व विद्यालयको आफनै नियम कानुुन हुुन्छ कानुुन मिचेर केहीपनी गर्न सकिदैन उनले भने । चित नवुुझेका कुरा छलफलवाटपनी समस्याको समाधान हुुने भएकाले अनशन तोड्न केशीलाई उनले आग्रह समेत गरे ।
अहिले सरकारमा , सांसदमा तथा संवैधानिक निकायमा समेत अराजक्ता वढेको उनको भनाई थियो । उनले मुुलुकका प्रमुुख व्यैक्ति गएर विदेशमा सरकारले वारेन्ट गरेको व्येक्तिलाइ भेटनु मन्त्रीले आन्दोलनको आडमा ९, ९ जनाको हत्यागर्ने व्येक्तिलाई सफाइ दिन्छुु भन्नुु सवै अराजकताको पराकाष्टा भएको वताए ।
उनले निलम्वित अख्तियार प्रमुुख लोकमान सिंहको महाअभियोगका विषयमा कांग्रेसले समय आएपछी निर्णय लिने वताए । कसैको दवावमा कागेस नजाने भन्दै ठिक समयमा ठिक निर्णय काग्रेसले गर्ने उनको भनाई थियो ।