इलाम मंङसिर १ गते।
नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनका लागि सबै दल एक हुनुको विकल्प नभएको बताउनुभयो ।
आज इलाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले एक वर्ष्भित्र तीनवटा निर्वाचन सम्पन्न गर्नका लागि दलहरु एकजुट हुनुको विकल्प नभएको बताउनुभयो।
नेता खनालले निर्वाचन क्षेत्र विशेष कार्यक्रमअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका काम प्रभावकारी र समावेशी ढङ्गले अघि बढिरहेको बताउनुभयो ।
इलामलाई पर्यटकीय जिल्लाको रूपमा अघि बढाउनुपर्नेमा उहाँको जोड थियो ।
इलामको पहिचान चियालाई ‘अग्र्या्निक’ अभियानमा लगेर विश्व बजारमा पु¥याउन सकेमा इलामसहित देशकै आर्थिक विकासमा टेवा पुग्ने खनालको भनाइ रहेको छ ।
Post a Comment