बिराटनगर,कार्तिक २९ गते।
इलामको तिल्केनी ६ स्थित माइखोलामा डुबेर आइतबार एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा इलाम-६ बस्ने दावा तामाङको ९ बर्षिय छोरा समिर तामाङ रहेको कुरा बताएको छ।
आइतबार दिँउसो साथीसंग घुम्न गएका बालकक बेलुका
सम्म पनी घर नफर्किएपछी स्थानियले प्रहरीमा खबर गरेका
थिए।
घटनास्थलमा प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिहहरुले खोजी गर्ने क्रममा राती ११ बजेतिर माईखोलामा मृत अवस्थामा बालक भेटेका हुन्। बालक पौडी खेल्ने क्रममा डुबेको अनुमान प्रहरीले गरेकोछ।
Post a Comment