Websoft University

प्रतिनिधि मण्डलले सफलता पु्र्वक चाईना भ्रमणगरे।



बिराटनगर,मङ्सिर २ गते ।
प्रेश विज्ञप्ती, यही २०७३ कार्तिक १७ गते देखि २६ गते सम्म उद्योग संगठन मोरंगका अध्यक्ष्ँ मुकेश उपाध्यायको नेतृत्वमा चाईना भ्रमणमा गएको सात सदस्यीय प्रतिनिधि मण्डल २६ गते भ्रमण सम्पन्न गरि फर्किएको छ ।

नेपाल चाईना काउन्सिलको विषेश समन्वयमा सम्पन्न यस भ्रमणका क्रममा कार्तिक १८ गते, चाईनाको औद्यौगिक शहर छन्दुमा आयोजित 7th South Asia-Sichuan Business Promotion Round-Table Conference मा सहभागिता रहेको थियो । विभिन्न २० मुलुकका सहभागिता रहेको उक्त कन्फ्रेशनमा आपसी व्यवसायीक हितका विषयमा द्यद्दद्य वैठक गरिनुका साथै संगठनका तर्फबाट नेपालमा लगानीका लागि अवसर र लगानीका सम्भावित क्षेत्रका वारेमा प्रस्तुती गरिएको थियो । सोही कार्यक्रममा नेपालका तर्फबाट चाईना स्थित नेपाली राजदुतावास र नेपाल–चाईना काउन्सिलबाट समेत कार्यपत्र प्रस्तुती गरिएको थियो ।

त्यसैगरि सोही कार्यक्रममा उद्योग संगठन मोरंग र China Council For Promotion Of International Trade (CCIPT)Sichuan Council वीच समझदारी
पत्र मा हस्ताक्षर गरियो । उद्योग संगठन मोरंगका अध्यक्ष् मुकेश उपाध्याय र काउन्सिलका अध्यक्ष्ँ लि. जोङद्धारा हस्ताक्ष्ँरित समझदारी पत्रमा आपसी व्यापार अभिवृद्धि गर्ने, दुवै संस्था वीच नीरन्तर सम्पर्क र समन्वय गर्ने, राजश्वका दर, भंसार दर लगायत व्यवसाय सम्वन्धि सूचना आदान प्रदान गर्ने, दुवै मुलुकमा हुने औद्योगिक प्रदर्शनीमा सहभागि हुने, लगानीका अवसर वारे जानकारी गराउने लगायतका विषयमा उल्लेख गरिएको छ ।

त्यसै गरि भ्रमण कै क्रममा चाईनाको छुु¨दि¨ स्थित Chongjin Federation Of Industry And Commerce र Chongjing Chamber Of Commerce  का पदाधिकारी र संगठनको प्रतिनिधि मण्डल वीच आपसी हितका विषयमा छलफल भएको
थियो ।

छलफलका क्रममा जलविद्युत, कृषि पर्यटन, खनिजजन्य क्षेत्रमा चाइनाका उद्योगीहरु नेपालमा लगानी गर्न ईच्छुक रहेको र यसको अध्ययन एवं संगठनद्धारा निकट भविष्यमा आयोजना गरिने औद्योगिक प्रदर्शनीमा भाग लिन उक्त चेम्वरबाट एक प्रतिनिधि मण्डल नेपाल आउने तय भएको छ ।

भ्रमणको क्रममा कृषिजन्य उत्पादन, Agro Machinery, चिय“ उद्योगको अवलोकन गरिएको थियो । साथै प्रतिनिधि मण्डलबाट छन्दुमा आयोजित The 16th Western China International Fair को अवलोकन गरिएको थियो । प्रदर्शनी अवलोकनको क्रममा प्रदर्शनीकर्ता उद्योगी÷व्यवसायीका साथ नेपालमा लगानी र वजार प्रवद्र्धन एवं नेपालका सम्भावित वस्तु चाईना निकासी सम्वन्धि छलफल भएको थियो ।

यसै क्रममा २०७३ कार्तिक २५ गते वेईजिङ स्थित नेपाली राजदुतावमा संगठनका प्रतिनिधि मण्डल एवं कार्यवाहक राजदुत हरिशचन्द्र घिमिरे, इकोनोमिक मिनिस्टर विनोद प्रसाद घिमिरेका साथ नेपाल चीन व्यापार प्रवद्र्धन, नेपालमा लगानीको वातावरण र अवसरका विषयमा छलफल गरिनुका साथै किमाथांका नाका र विगतमा नेपाल चीन सरकार वीच भएका सम्झौता कार्यान्वयनका लागि दुतावास सक्रिय रहनु पर्ने विषयमा समेत छलफल भयो ।

सोही अवसरमा नेपालको संसदमा उद्योग तथा वाणिज्य समितिका सभापति माननीय भिष्मराज आङदेवको नेतृत्वमा गएको माननीय सांसदहरुको प्रतिनिधि मण्डलका साथ दुतावासमा संयूक्त वैठक सम्पन्न भयो । छलफलका क्रममा चीनबाट पेट्रोलियम पदार्थको आपूर्ति, नेपालको उत्तर दक्षिण बाटो निर्माणमा जोड, दुई सरकारका वीचमा सम्झौता कार्यान्वयन विषयमा वृहद छलफल गरिएको थियो । छलफलमा संगठनका तर्फबाट माननीय सांसदहरुको टोलीलाई चीनमा रह“दा उद्योग÷व्यवसाय प्रवद्र्धनका क्ष्ँेत्रमा उठाउनु पर्ने विषयमा सुझाव प्रस्तुत गरिएको थियो ।

अन्तमाः संगठनको तर्फबाट भएको यस भ्रमणबाट दुई देशका नीजि क्ष्ँेत्र वीच समन्वय र सहकार्य, नेपालमा लगानीको अवसर, चीनमा लगानी प्रवद्र्धन एवं भौतिक पूर्वाधार विकास लगायतका क्षेत्रमा उपलब्धि मूलक रहेको र यसबाट दुई देश वीचको पारस्परिक आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास संगठनले लिएको छ ।

दश दिने भ्रमणमा संगठनको प्रतिनिधि मण्डलमा संगठनका अध्यक्ष्ँ मुकेश उपाध्याय, वरिष्ठ उपाध्यक्ष्ँ भीम घिमिरे, उपाध्यक्ष्ँहरु सुयश प्याकुरेल, प्रदीप मुरारका, राजकुमार गोल्छा, कार्यकारिणी समिति सदस्य सुशिल रिजाल एवं संगठनका महानिर्देशक सोमनाथ अधिकारीको सहभागिता रहेको प्रेश विज्ञप्ती मार्फत अस्तीी कात्तिक २८ गते जानकारी गराइएको थियो।                                                               

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.