युवराज ठकुरी/सिंहदेवी,मोरङ, कात्तिक १९ गते ।
मोरङको पहाडी गाविस वाराङ्गीमा धार्मिक बराह मेला २०७३को अवसर पारेर कात्तिक २९ प्रथम साँस्कृतिक कार्यक्रम गरिने भएको छ।
धार्मिक पर्यटनले महत्त्वपूर्ण स्थल मानिने वाराङ्गीको बराह मन्दिर आसपास प्रत्येक वर्षको बराहक्षेत्र पुर्णिामाको अबसरमा मेला लगाइनुका साथै दर्शनार्थीहरुको घुइँचो लाग्ने गरेको छ।वाराङ्गीको बारासी मन्दिर धार्मिक किम्बन्तीको हिसाबले चताराको बराहक्षेत्र भन्दा महत्त्वपूर्ण मानिएता पनि प्रचारप्रसारको अभावका कारण ओझेलमा परेकाले यस स्थानको प्रचारात्मक अभियानका लागि पनि प्रथम सास्कृतिक कार्यक्रम गर्न लागिएको कार्यक्रमका सल्लाहकार मौसम लिम्बूले बताउनु भयो।
कार्यक्रम राष्ट्रिय स्तरका कलाकार मेलिना राई, स्थानीय कलाकार देवेन्द्र चेम्जोङ,दीपक रानामगर र अन्य कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने उक्त कार्यक्र महेन्द्र मावि वाराङ्गी मोरङमा हुने आयोजक कमिटिले जनाएको छ ।
कार्यक्रम बराह मन्दिर व्यवस्थापन समिति,बराह मेला व्यवस्थापन समिति ,साङिगतिक कार्यक्रम संयोजन समिति,वाराङ्गीखेलकुद विकास समितिको आयोजना र प्रवासी समाज वाराङ्गी कतार,मलेसिया,दुवइ ,साउदी र हङकङको सहयोग रहने र कार्यक्रममा आयोजकले बताएको छ।
Post a Comment