बिराटनगर,मंसिर, ५, गते ।
स्वास्थ्य मन्त्रालयले सरकारी अस्पताल र स्वास्थ्य संस्था साँझ ५ बजेसम्म सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले सूचना जारी गरेर मन्त्रालयअन्तर्गतका स्वास्थ्य संस्थाले सार्वजनिक बिदाका दिनबाहेक १० देखि ५ बजेसम्म ओपीडीलगायतका सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।
यसअघि स्वास्थ्य संस्था ३ बजे नै बन्द हुन्थे । कात्तिक १५ देखि माघ १५ सम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म सेवा दिनुपर्ने मन्त्रालयको सूचनामा उल्लेख छ । ‘यसरी सेवा प्रदान गरेको नपाइए सम्बन्धित कार्यालय प्रमुखहरूलाई कानुनबमोजिम कारबाही हुनेछ,’ सूचनामा भनिएको छ ।

Post a Comment