Websoft University

रंगेली नगरपालिकाले दमकल खरिद गर्ने



बिराटनगर, कात्तिक २० गते।
स्थानीय विकास मन्त्रालयले मोरङको रङ्गेली नगरपालिकालाई दमकल उपलब्ध गराउने भएको छ ।

स्थानियवासिको मागअनुसार दमकल खरिदका लागि मन्त्रालयले नगरपालिकालाई रु ६० लाख उपलब्ध गराएको
छ । आगलागीबाट बर्सेनि यसक्षेत्रमा ठूलो धनजनको क्षति
हुँदै आएको छ ।

आगलागी नियन्त्रणमा सहयोग पुरियाउने उद्देश्यले दमकल खरिद गर्न रकम विनियोजन भएको रङ्गेली नगरपालिकाका कार्यकारी अधिकृत गणेशबहादुर कार्कीले बताउनुभयो ।

दमकलले नगरपालिका क्षेत्र मात्र नभएर पूर्वी मोरङको १८ वटा गाविसलाई समेत सेवा दिने जनाइएको छ । रकम आइसकेकाले खरिद प्रक्रिया अगाडि बढाउन लागिएको
प्रमुख कार्कीले रासस लाइ बताउनुभएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.