मोरङ, कार्तिक १७ गते।
मोरङको मधुमल्लामा गएराती खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा मधुमल्ला–८ पिपलडाँगीका अन्दाजी २७ वर्षीय उमेश अधिकारी रहेका छन्। उनलाई सोही ठाउँका रविन अधिकारी लगायतको समुहले देउसी खेलेर फर्कने क्रममा २.३० बजे खुकुरी प्रहार गरेका थिए।
खुकुरी प्रहारबाट दाहिने खुट्टामा गहिरो चोट लागेका अधिकारीको झापाको विर्तामोडस्थित विएनसी अस्पतालमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने समूह फरार भएकाले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ।
Post a Comment