बिराटनगर, मंसिर ४ गते ।
सिरहाको धनगढीमा शुक्रबार आगलागीबाट एक महिला घाइते भएकी छिन भने झापा जिल्लामा आगलागीबाटैै ३ लाख बराबरको क्षति भएको खवर छ।
सिरहा धनगढी-माई नगरपालिका १ बस्ने ४३ वर्षिया रामोदेवी सदा सलाईको काँटीबाट साडीमा आगो सल्किंदा पोलेर घाइते भएकी हुन्।
छिमेकी नन्दिलाल चौधरीको खेतमा धान काटेर दिउँसो विश्राम गर्ने क्रममा बिडी सल्काएर फ्याँकेको काँटीले सदाले लगएको साडीमा आगो सल्किएको थियो। घाइते महिलाको रा.उ. अस्पताल लहानमा उपचार भइरहेको छ।
त्यसैगरी झापाको डाँगीबारी ७ बस्ने छविलाल पाठकको घरमा बिहान ११ बजेतिर कोही नभएको बेला अचानक चुल्हाबाट आगलागी हुँदा काठ र टिनले बनेको एक तले घर तथा घरमा रहेको सम्पुर्ण सामान जलेका छन।
आगलागीबाट पाठकको अन्दाजी तीन लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। आगलागी स्थानीय गाउँले र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
Post a Comment