मोरंङ कात्तिक २९ गते।
विराटनगर १३ तीनटोलियामा डेरा गरी बस्ने एक महिलाको झुण्डिएको अवस्थामा शव फेलापरेका छ ।
आज बिहान आफू बस्दैआएको डेरामा सलको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको प्रहरी सहायक निरीक्षक मिरा खत्रीले जानकारी दिनुभयो ।
प्रहरी जवान राजकुमार भण्डारीको श्रीमतीले आफ्नै कोठामा सलको पासो लगाई विहान ६ बजको समयमा आत्महत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीको भनाई छ ।
शव पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पतालमा लगिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको
छ । घरेलु विवादमा घटना भएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् ।
Post a Comment