बिराटनगर, मंसिर ४ गते ।
विभिन्न माग राखी १०औंपटक आमरण अनशनमा बसेका प्राध्यापक डा. गोविन्द केसीका माग पूरा गर्न दबाब दिँदै सर्वसाधारणले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा घेराउ गरेका छन् ।
विवेकशील नेपाली दलको आह्वान गरिएको धर्नाका सहभागीहरुले अविलम्ब डा. केसीका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गर्दै नाराबाजी गरेका थिए ।
शिक्षा र स्वास्थ्यजस्तो जनताका मौलिक अधिकारप्रति सरकारले कुठाराघात गर्न खोजेको आरोप उनीहरुले लगाएका थिए ।
धर्नामा सहभागीहरुले शिक्षा र स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार गर्नेहरुलाई कारबाही गर्न मागसमेत गरेका थिए ।
\
Post a Comment