झापा, मंसिर ३ गते।
झापाको गौरादहमा च्याउ पकाएर खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन्। च्याउको तरकारी खाएर बिहिबार साँझ गौरादह २ की २८ वर्षिय बिमला खतिवडा, उनकी छोरी बर्ष ८ की सन्ध्या खतिवडा र छोरा बर्ष ५ को सन्देश खतिवडा बिरामी परेका हुन्।
खतिवडा परिवारले आफ्नै घर नजिकै परालको कुन्युमा उम्रिएको च्याउ टिपेर तरकारी बनाई खाएका थिए। तीनै जना बिरामीहरुको लाईफ लाईन अस्पताल दमकमा उपचार भईरहेको छ।
Post a Comment