Websoft University

बलबहादुर राईको योगदानको सम्मान स्वरूप हुलाक टिकट प्रकाशन


कार्तिक २०, सरकारले पूर्वमन्त्री बलबहादुर राईको योगदानको सम्मान स्वरूप हुलाक टिकट प्रकाशन गरेको 
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बिहीबार नेता राईको तस्बिरअंकित हुलाक टिकटमा टाँचा लगाई सार्वजनिक गरेका हुन् बलबहादुर राई, राजनीतिज्ञ (वि.सं. १९७७२०६७) उल्लेखित उक्त हुलाक टिकट १० रुपैयाँको
२००७ सालको राणा शासनविरोधी आन्दोलनका नेतृत्वकर्तामध्ये बलबहादुर राई एक थिए प्रजातन्त्रका निम्ति जेल मात्र भोगेनन्, सर्वस्वसहित भारततर्फ निर्वासनको जीवन व्यतित गरेका थिए ओखलढुंगाको मोली मा वि.सं. १९७७ फागुन गते सामान्य कृषक परिवारमा उनको जन्म भएको थियो उनी १९९५ माघ गते तत्कालीन पूर्व नम्बर ओखलढुंगाको विष्णुदल पल्टनमा सिपाहीका रूपमा भर्ती भएका थिए त्यसपछि १९९८ वैशाखमा धनकुटाको श्रीजंग पल्टनमा सरुवा भएका थिए जागिरकै क्रममा हवल्दार पछि तेह्रथुम मालको बहिदारमा बढुवा भएका थिए उनी २००४ सालदेखि जारी राणाशासनविरुद्धको भूमिगत आन्दोलनमा संलग्न थिए नेता बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूवर्णशमशेरलगायत नेताहरूले भारतको वनारसमा गठन गरेको राष्ट्रिय कांग्रस पार्टीको सदस्य बन्न पुगे उनले जागिर त्यागेर क्रान्तिमा होमिएका थिए पूर्व नम्बर क्षेत्रको नेतृत्व उनैले गरेका थिए  
२००७ फागुन गते प्रजातन्त्रको घोषणापछि राईलगायत नेताको सार्वजनिक जीवन सुरु भएको थियो २०१५ को आमचुनावमा नेपाली कांग्रेस पार्टीका तर्फबाट बलबहादुर राई प्रतिनिधि सभा सदस्य (एमपी) निर्वाचित भएका थिए एमपी बलबहादुर भनेर चिनिएका उनी ०१७ साल पुस गते राजा महेन्द्रकोकू पछि जेल परेका थिए भने छुटेलगत्तै भारतमा पुन: निर्वासित जीवन व्यतित गरेका थिए पञ्चायतविरुद्ध सत्याग्रह, टिमुरबोटे काण्ड, जनमतसंग्रहदेखि २०४६ सालको आन्दोलनको नेतृत्वपंक्तिमा लडेका थिए बलबहादुर राणाशासन, निर्दलीय पञ्चायत, राजतन्त्रदेखि गणतन्त्रसम्म हरेक राजनीतिक घटनाका नेतृत्वकर्ता थिए उनी २०४८ सालको आमनिर्वाचन २०५१ सालको मध्यावधि चुनावमा ओखलढुंगा बाट प्रतिनिधि सभामा निर्वाचित भएका 
थिए साथै, २०५८ सालमा राष्ट्रिय सभाका सदस्य बनेका थिए यसबीचमा उनी आवास तथा भौतिक योजनामन्त्री श्रममन्त्री बनेका थिए यस्तै मन्त्रीमण्डलको ज्येष्ठताका आधारमा १९ पटक कार्यवाहक प्रधानमन्त्री बनेका
थिए  
२०६२ सालमा राजा ज्ञानेन्द्रको पतनपछि पुन:स्थापित संसदका ज्येष्ठ सदस्यका हैसियतले सभामुखको जिम्मेवारी निभाएका थिए २०१६ सालमा नेपाली कांग्रेस पार्टीको केन्द्रीय सदस्य बनेका बलबहादुर निरन्तर मृत्युपर्यन्तसम्म केन्द्रीय सदस्य थिए ९० वर्षको उमेरमा २०६७ असार २० गते उनको निधन भएको थियो सरकारले टिकटमाला प्रकाशन गरी बलबहादुर राईले गरेको राजनीतिक योगदानको कदर गरेको , बलबहादुर राई स्मृति प्रतिष्ठानका महासचिव तथा उनका कान्छा छोरा भुपराजले कान्तिपुरसित भने, ‘विशेष गरी मुलुकका लागि विभिन्न क्षेत्रबाट योगदान गरेका व्यक्तित्वको टिकटमाला प्रकाशन गरिँदा समुदायले गर्व अनुभूति गर्ने नै भयो त्यस क्षेत्रमा योगदान गर्नेलाई ऊर्जा प्रदान गरेको भन्ने लागेको
सो अवसरमा राणा प्रधानमन्त्री देवशमशेरको समेत हुलाक टिकटमा टाँचा लगाइएको देवशमशेरलाई सबैभन्दा सुधारवादी राणा प्रधानमन्त्रीका रूपमा लिइन्छ सन् १८६२ जुलाईमा जन्मिएका देवशमशेर ३७ वर्षको उमेरमा महिना प्रधानमन्त्री बनेका थिए उनको सन् १९१४ फेब्रुअरी २० मा निधन भएको थियो साथै नेपालजापान दौत्य सम्बन्धकोहीरक वर्ष भोजपुरको ऐतिहासिक हतुवागढी अंकित हुलाक टिकटमा समेत टाँचा लगाइएको मन्त्री कार्कीका स्वकीय सचिव राजेन्द्र किरातीले जानकारी दिए






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.