Websoft University

सबैको सहमतिमै प्रस्ताप दर्ता हुने ।



बिराटनगर, मंसिर ५ गते ।
पुु्र्वव अर्थ मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन, अन्नतले छलफल र मधेसी मोर्चाको पनि सहमति भएमा मात्र मङ्सिर ७ वा ८ गते संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता हुने सहमति नभए दर्ता नहुने कुरस बताउनु भएको छ ।

प्रेस सेन्टर नेपाल मोरंङले बिराटनगरमा आज अयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने–“संविधान संशोधनका विषयमा प्रमुख तीन दलका शीर्षस्थ नेताबीच छलफल गरेर निर्णायक भएपछि नै संसद्मा संशोधन प्रस्ताव दर्ता लैजाने तयारी भइरहेको बताउनुभयो ।”

नेता पुनले नेकपा एमालेले पनि संविधान संशोधन गर्ने विषयमा सहमतिमा आउने बताउँदै यदि सहमति नभए पनि सरकारले संशोधन दर्ता गराएरै भए पनि छलफलमा लगिने कुरा बताउनु भयो ।

कुरा मिलेर जाने भए ५ नम्बर प्रदेस हेरफेर गरेरै भएपनि सिमाङकन,प्रदेस थपघट गरेरै भए पनि मिलाउन खोजिएको छ। संविधानमा उल्लेख भएअनुसार आयोग बनाएर सोको  सिफारिस अनुसार भाषा, नागरिकता तथा राष्ट्रिय सभाको विषयमा संविधान संशोधनका लागि गृहकार्य भइरहेको र राजनीतिक सहमतिका आधारमा सबै काम हुने बताउनुभयो।
त्यसैगरी कुरा नमिले संशोधन मा छलफल हुदैरहन्छ र देश संविधानको कार्यान्वयन र निर्वाचनमा तिर देश  होमिन्छ भन्नुु
भयो ।

नेता पुनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सरकार र जनतालाई आतङ्कित पार्ने काम गरेकाले महाभियोग प्रस्ताव दर्ता गराउनुपरेको बताए ।
कार्याक्रमको सभापतित्वव प्रेस सेन्टर मोरङका  अध्यक्ष
क. गोकुलले गर्नु भएको थयो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.