Websoft University

ताजपुरिया स्वायत क्षेत्रको माग


 विराटनगर मंसिर ७ गते ।
रोशन पोखरेल,
विराटनगरमा आज ताजपुुरिया समाज कल्याण परिषदले जिल्ला विकास समितिमा ताजपुरियाको स्वायत्त क्षेत्र र विशेष संरक्षित क्षेत्रको माग गदै जिल्ला विकास समितिमा ज्ञापन पत्र बुझाएको छ । ताजपुरियाहरुको सामाजिक सास्कृतिक अस्तित्व संकटमा आउने भन्दै उनिहरुले जिविसमा ज्ञापन पत्र बुझाएका छन ।

आफुहरु मोरडका विभिन्न ग्रामिण क्षेत्रमा अल्पसडख्यक रुपमा रहेको कारण नेपालको संविधानको धारा ५६ को उपधारा ५ मा भएको व्यावस्था अनुसार राज्य संरचना गर्दा आफनो अधिकारलाई समेटनुपर्ने कुरा उनिहरुले बताएका छन । महादेवा झुर्किया,सिजुवा , इटहरा , गोविन्द पुरमा रहेको उनिहरुले आफुलार्ई रतुवामाइ नगरपालिका मा समाहित गर्न समेत माग गरेका छन ।

सामान्यतया ताजपुरियाहरु बसाइ सराइ नगर्ने, पुस्तौ पुस्तासम्म एकै स्थानमा बसाइ कायम राख्ने तथा महाभारत कालभन्दा आगाडि देखी बर्तमान मोरडको पूर्व दक्षिण कुना साथै झापा जिल्लामा बस्दै आएको कुरा नारायण ताजपुरियाले बताउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.