Websoft University

हतियारधारी समुह पूर्वाञ्चलमा सक्रिय


विराटनगर कात्तिक २० गते ।
पूर्वाञ्चलमा व्यक्ति हत्या गर्ने हतियारधारी समूह परिचालन गर्ने गरेको पाइएकोछ । सुरुमा सगोलमा व्यपार व्यवसाय सञ्चालन गर्ने र आर्थिक लेनदेनमा मनमुटाव भएपछि हतियारधारी समुहलाई सूपारी दिएर साथीको हत्या गर्न लगाउने गरेको पाइएको हो ।

सुनसरीको तरहरास्थित भोजपुरे लजमा मंगलबार धनकुटाका तोरणबहादुर पौडेल र लजका सञ्चालक जंग राई तथा असोजमा भोजपुरका प्रकाश खत्रीमाथि प्रहार भएको गोली काण्डको घटनामा हतियारधारी समुहले सुपारी लिएर ज्यान मार्ने उद्देश्यका साथ गोली प्रहार गरेको खुलासा भएको हो।

भोजपुरे लजमा तीन महिनादेखि बस्दै आएका धनकुटाको चानुवा गाविसका पौडेल र लज सञ्चालक राईमाथि हतियारधारी समुुहले ज्यान मार्ने उदेश्यका साथ गोली प्रहार गरी गम्भीर घाइते बनाएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.