मंसिर १ ओखलढुंगा । मतदाता अधिकारलाई सुरक्षित गर्ने गरि ओखलढुंगामा जिल्ला मतदाता अधिकार मञ्च नेपाल गठन भएको छ । मंगलबार सदरमुकाममा राष्ट्रिय मतदाता अधिकार मञ्चका केन्द्रीय अध्यक्ष भक्त विकको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बिच ओखलढुंगामा
१५ सदस्यीय मञ्च गठन गरिएको हो ।
विभिन्न क्षेत्र,व्यक्ती र संघसंस्थाको प्रतिनिधित्व हुने गरि अधिवक्ता टुकराज निरौलाको अध्यक्षतामा ओखलढुंगा मञ्च गठन भएको छ । मञ्चको उपाध्यक्षमा टिकाकुमारी भुजेल, सचिवमा सञ्जय खत्री र कोषाध्यक्षमा दिर्गबहादुर खत्री चयन हुनुभएको छ ।
यसैगरि सदस्यहरुमा पूर्णप्रसाद न्यौपाने,लिला सुनुवार,रेणु पराजुली,पुर्ण श्रेष्ठ,छविलाल मगराती, मित्रराई, झनक कार्की, मदन राई,विमला दाहाल,कविता तिमलसिना र पदम कार्की चयन हुनुभएको छ । त्यस्तै मानबहादुर बस्नेतको संयोजकत्वमा बलबहादुर परियार,एकराज खतिवडा र सिता विक सदस्य रहेको सल्लाहकार समिति पनि गठन गरिएको
छ ।
मञ्च गठन कार्यक्रममा बोल्दै मञ्चका राष्ट्रिय अध्यक्ष भक्त विश्वकर्माले लोकतन्त्रको सुन्दरता भनेको निर्वाचन भएको भन्दै निर्वाचनमा मतादातालाई सुसुचित गराउने उदेश्यले मञ्चको जन्म भएको बताउनुभयो ।
उहाँले नेपालमा सामाजिक रुपमा पछाडि पारिएका बर्गहरुको सहभागिता ग्यारेन्टी गराउन सहयोग पु¥याउन मञ्चले सहजीकरण गर्ने बताउनुभयो ।
ओखलढुंगाका निर्वाचन अधिकारी अर्जुन राईले निर्वाचनले विधिको शासन स्थापना गर्ने भन्दै जनतालाई सुसचित गर्ने संस्था आफुहरुको सारथी बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो मञ्चले निर्वाचन सफलपार्नमा सहयोग गर्ने भन्दै सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, दलित गैरसरकारी संस्था महासंघ, राष्ट्रिय अपाङ्ग महासंघ, जागरण मिडिया सेन्टर, सञ्चारीका समूह, क्रियाशिल महिला पत्रकार, दलित महिला संघ, एकल महिला समूह, निलहिरा समाज, तराई विकास मञ्च, बुद्ध जागरण सामाजिक सेवा, सृजनशिल समाज नेपाल लगायतका विभिन्न २१ वटा संस्था मञ्चमा आबद्ध छन् ।
Post a Comment