Websoft University

अस्पताल परिसर बाटै म्याद नाघेका औषधी विक्रि हुँदै




काठमाडौं, कात्तिक २८ गते।
कुनैपनि व्यक्ति विरामी भएपछि उपचार गर्नका लागी अस्पताल जाने गर्दछन् । किनकी अस्पतालमा डाक्टरले स्वास्थ्य परिक्षण गरि सहि औषधी दिन्छ र बिरामी निको
हुन्छ भनेर । तर डडेल्धुरामा भने डाक्टरले लेखेको औषधी त दिईन्छ तर म्याद सकिएको औषधी बिरामीहरुको हातमा दिएपछि रोग निको हुनु त कहाँ हो त्यसपछिको स्वास्थ्यमा हुने जटिलताको आकलन गर्न कठिन छ ।

यसरी बिरामीको हातमा म्याद सकिएको औषधी दिईन्छ भने अब भन्नुहोस् म्याद सकिएको औषधीले विरामी कसरी ठिक होला ?  यो घटना कुनै ग्रामिण वस्तीको होईन सुदुर पश्चिमको सबैभन्दा ठुलो उपक्षेत्रीय अस्पताल डडेल्धुरा भित्र रहेको साझा स्वास्थ्य सेवा औषधी विक्री कक्षको हो ।

शनिबारको दिन उपक्षेत्रीय अस्पतालको आपत्कालिन कक्षमा उपचार गरि साझा स्वास्थ्य सेवा औषधी विक्री कक्षमा ओषधी किन्न गएका विरामीलाई म्याद नाघेको औषधी दिएपछि साझा स्वास्थ्य सेवा औषधी विक्री कक्ष डडेल्धुराले म्याद नाघेका औषधी विक्रि वितरण गर्दै आएको खुलासा भएको हो ।

उपक्षेत्रीय अस्पतालमा २०७० साउन १ गते बाट सञ्चालनमा आएको साझा स्वास्थ्य सेवा औषधी विक्री कक्षले विरामीहरुलाई म्याद नाघेका औषधी विक्रि वितरण गरिरहेको पिडित विरामीहरुले गुनासो गरेका छन् ।

विरामीलाई म्याद नाघेको औषधी दिएको जानकारी पश्चात अस्पताल पुगेको रेडियो युनिटीको समाचार टिम संग साझा स्वास्थ्य सेवा औषधी विक्री कक्षमा रहेका कर्मचारी कालु सिंह विकले आफ्नो हातले गल्ती भएको स्विकार गरे । औषधी दिनेवेला आफुले म्याद सकिएको औषधी  भन्ने जानकारी नपाएका कारण उक्त औषधी विरामीलाई दिएको उनले
बताए ।

म्याद सकिएका औषधी अलग्गै राख्नु पर्ने र म्याद सकिना साथ फिर्ता अथवा नष्ट गर्नु पर्ने भएपनि उपक्षेत्रीय अस्पताल भित्र रहेको साझा स्वास्थ्य सेवा औषधी विक्री कक्षले भने म्याद सकिएका औषधी समेत विक्रि वितरण गर्ने गरेको विरामीको आरोप छ ।

शनिबारको घटना प्रतिनिधी मुलक भएपनि साझा स्वास्थ्य सेवा औषधी विक्री कक्षले भने यसरी नै म्याद सकिएका औषधी विक्रि वितरण गर्दै आईरहेको हुन सक्ने जनाईएको
छ । औषधी विक्रि गर्दा औषधी सेवन गर्ने समय र पटकका बारेमा पनि केही जानकारी नदिने गरेको आरोप विरामीहरुको रहेको छ ।

यसरी जनताको स्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने औषधीको विक्रि वितरण गर्ने साझा स्वास्थ्य सेवा औषधी विक्री कक्षले गरेको लापरवाहीका बिषयमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण सिंहले भने साझा स्वास्थ्य सेवा औषधी विक्री कक्षमा औषधीको अुगमन गर्ने बताएका
छन् ।

आईतबार नै साझा स्वास्थ्य सेवा औषधी विक्री कक्षमा अनुगमन गरिने अध्यक्ष सिंहले रेडियो युनिटीलाई जानकारी दिएका छन् । अहिले देखिएको गल्तीले साझा स्वास्थ्य सेवा औषधी विक्री कक्षमा अनुगमन गर्नुपर्ने देखिएकाले तत्काल अनुगमन गरि म्याद नाघेका औषधीहरु नष्ट गरिने उनले बताएका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.