बिराटनगर, मंसिर ५ गते ।
बिराटनगर-५ कञ्चनवारि स्थित नोबेल मेडिकल कलेज बिराटनगरमा आजबाट न्यूरो सर्जरी सेवा सुरु भएको छ । अस्पतालका निर्देशक लोकनाथ न्यौपानेले आज रिवन
काटेर उक्त सेवाको उद्घाटन गर्नुभएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण प्रसाद दाहालले बताउनु
भयो ।
सि.एम.सि. भेलोरबाट एम.सिएच गरेका साथै विश्वका धेरै स्थानहरुमा न्यूरो सर्जनका रुपमा सेवा पुर्याइसकेका डा. चेरी , डा. बिजय शर्मा लगायत पाँच जनाको टोलीले अस्पतालमा सेवा प्रदान गर्ने दाहालले जानकारी दिनुभयो ।
अस्पतालमा गरिब तथा विपन्न विमारीहरुका लागि मेजर अपरेशन ४५ हजार रुपैयाँ मै गरिने पनि उहाँले बताउनुभयो ।
न्यूरोको ओपिडी सेवा हरेक दिन बिहान ९ बजेदेखि ४ बजे सम्म र आकस्मिक उपचार २४ सै घण्टा सुचारु हुने छ ।
Post a Comment