बिराटनगर,कात्तिक,३० गते ।
सरकारले राष्ट्रिय सहकारी नीति तयार पार्न लोगेको छ ।
सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले पाँच वर्षअघि नगरमा बसोवासको दर १९ प्रतिशत रहेकोमा अहिले ४२ प्रतिशत पुगी जनताले नगरको न्यूनतम सुविधा पाउन नसकेकाले सरकार यस्तो नीति ल्याउने तयारीका लागि
जुटेको बताए ।
नेपाल प्रेस युनियन मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकको तल्लोस्तरमा उपेक्षित समुदायका लागि २० हजार भवन निर्माणका लागि ‘जनताको आवास कार्यक्रम’ ल्याउन लागिएको पनि जानकारी दिए ।
अर्को प्रसङ्गमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य केसीले काँग्रेसले राष्ट्रको अस्मिता, स्वाधीनता र मुलुकको हित
विपरीत कुनै पनि निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गर्दै अङ्गीकृत नागरिकताका सम्बन्धमा भ्रम फैलाउने काम गरिएको
जनाए ।
नागरिकता सम्बन्धी अन्तरिम संविधानमा गरिएको व्यवस्थाको सेरोफेरोमा बसेर संविधानको संशोधन गरी छुटेको विषयलाई समायोजन गर्ने पक्षमा काँग्रेस रहेको उनले जानकारी दिए । संविधान कार्यान्यनका लागि निर्धारित समयमै तीन तहको निर्वाचन गराउनुपर्ने बताउँदै मन्त्री केसीले भने, “सीमाङ्कनमा सामान्य हेरफेर र राष्ट्रियसभामा जनसङ्ख्याको आधारमा प्रदेशको प्रतिनिधित्व गराउने विषयमा मुख्य राजनीतिक दलहरुका साथै मधेसी मोर्चासँग छलफल भइरहेको छ,
सबै दललाई स्वीकार हुने गरी संविधानको संशोधन गरी
कार्यान्वयनतर्फ लाग्नुपर्छ ।
Post a Comment