उदयपुर, कात्तिक १८ / सप्तकोशीको भंगालोमा डुबेर उदयपुरको तपेश्वरीमा एक बृद्धको मगलबार राती मृत्यु भएको छ । जिल्लाको तपेश्वरी गाविस– १ रामनगर टप्पु बस्ने बर्ष ८२ का साङ्ले तामाङको कोशीको भंगालोमा डुबेर मृत्यु भएको हो ।
भाईटिकाको दिन बहिनीको घरमा टिका लगाएर घर फर्कने क्रममा भंगालोमा डुबेर तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएको छ ।
साँझ टिका लगाएपछि मादक पद्धार्थ सेवन गरि कोशीको भंगालो तर्दा मृत्यु भएको आफन्तले जनाएका छन । गाउकै स्थानीय सिंहबहादुर कटुवालको मलामी जादाँ मलामीहरुले नदीमा तामाङको सब देखे पछि प्रहरीलाई खबर गरेका
थिए।
प्रहरीले सबको मुचुल्का गरि पोष्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट ल्याइएको प्रहरीले जनाएको छ ।
Post a Comment