काठमाडौं, कात्तिक १७ – भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीनदिने भ्रमणका लागि आजै नेपाल आइपुग्नुभएको छ । दिउँसो १२ बजेर २० मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण भएका भारतीय राष्ट्रपति मुखर्जीलाई नेपाली सेनाको टोलीले सम्मान गारथ अर्पण गरेको छ ।
मुखर्जीको स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत उच्च पदस्थ अधिकारीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ । भारतीय राष्ट्रपति मुखर्जीको विमान अवतरणका बेला झण्डै ४५ मिनेट त्रिभुवन विमानस्थलमा
सबै उडान र अवतरण ठप्प पारिएको छ।
उहाँले शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुनेछ भने बुधबार नै उहाँको सम्मानमा राष्ट्रपति भण्डारीले राजकीय भोज आयोजना गर्नुहुनेछ । भारतीय राष्ट्रपति मुखर्जीसँग उपराष्ट्रपति नन्दबहादुर पुन तथा प्रधानमन्त्री पुष्पकमल दाहालले उहाँ बस्ने हायात होटलमा भेटवार्ता गर्ने कार्यक्रम छ ।
त्यसअघि उहाँले होटलमै आयोजना हुने कार्यक्रम र भारतीय दूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा पनि सहभागी हुनुहुने छ । १८ वर्षपछि हुन लागेको भारतीय राष्ट्रपतिको नेपालको भ्रमण भएको हो ।
Post a Comment