काठमाडौं । हाँस्य जगतका चर्चित कलाकार हरिबंश आचार्यको जन्मउत्सब उनको उपस्थिती बिनै मनाइएको छ । हाल अमेरिका भ्रमणमा रहेका आचार्यको जन्मउत्सबमा उनका छोराले केक काटेका थिए ।
हाल प्रदर्शनमा रहेको चलचित्र ‘जात्रा’ युनिटले आचार्यको जन्मउत्सब मनाएको थियो । कार्यक्रममा सिताराम कट्टेल ‘धुर्मुस्’, जात्राका कलाकार रबिन्द्र सिंह बानियालगायतका कलाकारको उपस्थिती थियो । जात्राको निर्देशन हरिबंश आचार्यसंगै काम गरेका प्रदिप भट्टराइले गरेका छन् ।
Post a Comment