Websoft University

​ओबामाले ट्रम्पलाई भने – रुसको सामना गर्न तयार हुनुपर्छ



बिराटनगर,मंसिर ३ गते ।
अमेरिकी राष्ट्रपति बाराक आबामाले उत्तराधिकारी तथा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आवश्यक परेको खण्डमा अमेरिका रुससँग सामना गर्न तयार हुनु पर्ने बताएका छन् ।

ओबामाले रुस अन्तर्राष्ट्रिय मूल्य तथा मान्यतालाई पालन गर्न तयार नभएका कारण अमेरिका यसको सामना गर्न तयार हुनुपर्ने बताउनुभएको हो ।

बर्लिनमा जर्मनीका चान्सलर एंगेला मर्केलसँगको कुराकानीमा ओबामाले ट्रम्प नेटो सन्धीसँग प्रतिवद्ध हुनु पर्ने पनि बताएका छन् । ओबामाले ट्रम्पले रुससँग सम्बन्ध सुुधार गर्न खोज्नु सकारात्मक भएको पनि बताए ।

एंजेला मर्केल र ओबामा बिच अमेरिका र युरोपियन युनियन दुबैले एकअर्कालाई गरेको सहयोगलाई निरन्तरता दिनु पर्ने बताएका थिए ।

दुबैले एक अर्कालाई प्रशंसा पनि गरेका थिए । ओबामाले मर्केलको, सिद्धान्त, मुल्य र संवेदनशिलतको प्रशंसा गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.