मोरङ, मङ्सिर २ गते ।
विराटनगरःजिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा
अनुसार जिल्लामा १ सय ३८ नयाँ कुष्ठरोगी फेला परेका
छन् ।
जनस्वास्थ्यको आयोजनामा बुधबार विराटनगरमा भएको गोष्ठीमा बोल्दै क्षयकुष्ठ अधिकृत मुलुकचन्द राजवंशीले यो चौमासिकमा मोरङमा १ सय ३८ जना नयाँ कुष्ठरोगी फेला परेको जानकारी दिनुभयो ।
उहाँले गत वर्ष मोरङमा २ सय २ जना नयाँ कुष्ठरोगी भेट्टिएको पनि जानकारी दिनुभयो । प्रति दशहजारमा १ भन्दा कम कुष्ठरोगीको संख्या कायम गर्ने लक्ष्यका साथ काम गरेपनि मोरङमा भने प्रतिदशहजारमा १ दशमलब ४ प्रतिशत कुष्ठरोगी रहेको जनाइएको छ ।
मोरङमा कुष्ठरोगका कारण अंगभंग हुने दर भने घटेको कार्यक्रममा जानकारी दिइएको छ । मोरङको बुधनगर, आमगाछी, बरडंगा, उर्लाबारी, बयरबन, महादेवा, रंगेली लगायतका स्थानमा बढी मात्रामा कुष्ठरोगीको संख्या रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।
Post a Comment