युवराज ठकुरी/सिंहदेवी,मोरङ कात्तिक २० गते।
सामुदायिक विद्यालय प्रति समुदायको हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न र विगत लामो समयदेखि खस्किएको विद्यालयको शैक्षिक गुणस्तर,व्यवस्थापकीय कमजोरी हटाउदै नमुना विद्यालय बनाउन उत्तरी मोरङ सिंहदेवीमा अवस्थित लक्ष्मी प्राथमिक विद्यालय परिवार,अभिभावकहरु कस्सिएर लागिपरेका छ्न।
शिक्षकहरु शैक्षिक गुणस्तर वृद्धि गर्न लागि पर्ने र समुदायका अभिभावक पनि उत्तिकै सचेत र जिम्मेवार बन्दै विद्यालयको भौतिक संरचना देखि लिएर व्यवस्थापकीय पक्ष मजबुद बनाउन लागि पर्ने भन्दै २०७३सालको तिहारको उपलक्ष्यमा विद्यालय परिवार र समुदायको सहभागितामा सिंहदेवी गाविस भरि देउसी भैलो कार्यक्रम सन्चालन गरि आर्थिक सहयोग सङकलन गरेको विद्यालयका शिक्षक कमल ठकुरी बताउँछन।
विद्यालय सुधार गर्न र भौतिक पक्ष मजबुद बनाउनका लागि आर्थिक सहयोग पनि अपरिहार्य हुने ठानी यो अभियान सन्चालन गरेको र यसबाट सिंहदेवी गाविस भरि गरेर रु साठी हजार रकम सङ्कलन गरेको छ।यस्ता सास्कृतिक कार्यक्रमले विद्यार्थीहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटन हुनुका साथै सृजनात्मक क्षमतामा पनि वृद्धि हुने स्थानीय अभिभावकहरुको भनाइ रहेको छ।
२०४५सालमा स्थापना भएको लक्ष्मी प्राविको शुरुवाती चरणमा आशा लाग्दो ढंगले संचालित भइरहे पनि बीचमा विद्यालयको गुणस्तर खस्किए सगै अभिभावकहरुमा निराशा छाएको थियो।शिक्षकहरुको फेरबदल भइरहने भएर पनि विद्यालयको पठनपाठनमा वाधा भएको अभिभावकहरु बताउछन्।आफ्नै आगनमा प्राथमिक विद्यालय भएर पनि १घन्टा लाग्ने माध्यमिक विद्यालायमा विद्यार्थीहरु जान थाले पछि विद्यालयको को कमजोरी कि अभिभावकहरुको कमजोरी हो भन्ने विषयमा व्यापक छ्लफल हुन थालेको थियो।
पछिल्लो समय सबै शिक्षकहरुको फेरबदल भएपछि विद्यालयको गतिविधिमा तिब्रता आएको छ।विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी महिला शिक्षक कुमारी खड्काले सम्हालेपछि अभिभावक,विद्यार्थीमा आशा पलाएको र माविमा जाने प्रावि स्तरका विद्यार्थीहरु पनि तल लक्ष्मी प्राविमै पढ्न शुरु गरेको स्थानीयहरु बताउछ्न।
पछिल्लो गतिविधिमा सुधार आए पछि जिल्ला शिक्षा कार्यालयबाट दुई कोठे भवन र एउटा शौचालय परेर निर्माण सम्पन्न भएपछि भौतिक तबरले पनि सुधार भएपछि विद्यालय नयाँ रुप पाएको देखिन्छ ।हाल एक स्थायी शिक्षक एक राहत शिक्षक , एक अस्थायी शिक्षक,एक सका र एक कर्मचारी कार्यरत रहेको उक्त विद्यालयमा ८१वालबालिका अध्ययनरत छन।
Post a Comment