युवराज ठकुरी/सिंहदेवी,मोरङ, कात्तिक २८ गते।
उत्तरी मोरङ सिंहदेवी ७ मा अवस्थित लक्ष्मी प्राथमिक विद्यालयले २०७३ तिहारको सास्कृतिक कार्यक्रम समापन समारोहको अवसर पार्दै विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा नृत्यकार विद्यार्थीहरुलाई प्रमाणपत्र,पुरस्कार प्रदान गरेको
छ।
सामुदायिक विद्यालयको गुणस्तर खस्किरहेको कुरालाई मध्यनजर गर्दै विद्यालयको अवस्थालाई सुधार गर्ने लक्ष्य लिएर यो वर्ष विद्यालयबाट सिंहदेवी गाविस भरि सास्कृतिक देउसी भैलो कार्यक्रम संचालन गरेको थियो।
समापन कार्यक्रम समारोहमा विद्यालयलाई विभिन्न तबरबाट सहयोग गर्ने महानुभावहरु देवीन लिम्बू,चन्द्र लिम्बू ,तेजबहादुर लिम्बू,खड्गबहादुर ठकुरी"B",इन्द्रबहादुर शाही,देवीमाया ठकुरी र कमल ठकुरी सम्मानित भएका हुन।
त्यसै गरि सास्कृतिक देउसी भैलो अभियानमा सामेल भइ आकर्षक नृत्य गर्ने नृत्यकारहरुलाई प्रमाणपत्र र युगल लिम्बू,रीता लिम्बू ,पुनम लिम्बूलाई उत्कृष्टको प्रमाणपत्र प्रदान गरिएको थियो। प्रमाणपत्रको साथमा विद्यालयका प्रधानाध्यापक कुमारी खड्का ठकुरीले सास्कृतिक देउसी भैलो टोली सम्पुर्णलाई मायाको चिनो प्रदान गरेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर लिम्बूको सभापतित्व,कमल ठकुरीको संचालनमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि खड्गबहादुर ठकुरी र अतिथिहरुमा सुमन लिङ्दम,देवीन लिम्बू,खड्गबहादुर ठकुरी"B",चन्द्र लिङ्खा,फाइट साप्ताहिक र रातोतारा डटकमका युवराज ठकुरी रहेका थिए।
कार्यक्रममा विद्यालयका शिक्षक फुलमाया खापुङद्वारा स्वागत मन्तव्य र अतिथिहरुबाट शुभकामना मन्तव्य राखिनुका साथै बालबालिकाहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए।
Post a Comment