टर्की, ३ मंसिर ।
सिरहा गोलबजारका डा विनोदकुमार साह टर्कीमा ‘वर्ष चिकित्सक’को रुपमा सम्मान पाएका छन् । बालरोग तथ नवजात शिशु चिकित्साका क्षेत्रमा विशिष्ट सेवा पुऱ्याएवापत डा.साहलाई सम्मान गरिएको हो । टर्कीका राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा त्यहाँका स्वास्थ्यमन्त्रीले प्रदान गर्ने उत्कृष्ट चिकित्सकको सम्मान सामाजिक क्षेत्रमा राष्ट्रले दिने विशिष्ट अवार्ड मानिन्छ ।
नेपाल सरकारको छात्रवृत्ति पाएर सन् २००० मा टर्कीको अन्कारामा एमबीबीएस अध्ययन गर्न गएका शाह अन्कारास्थित लोकमान हेकिम हस्पिटलमा सेवारत छन् । ३८ वर्षीय डा साहले ७ कक्षासम्म गोलबजारकै जनता माध्यमिक विद्यालयमा पढेका थिए । विराटनगरको सेन्ट जोसेफ स्कुलबाट एसएसलसी पास गरेका थिए । डा.साहले अमृत साइन्स क्याम्पसबाट आइएसी पढाइ पूरा गरेर एमबीबीएस अध्ययनका लागि टर्की गएका थिए ।
आफ्नो अध्यन र अनुभवलाई नेपालमै उपयोग गर्ने योजना बनाएका डा साह नेपाल फर्केर कुनै ब्यापारिक वा व्यवसायिक काममा जोडिएरभन्दा सरकारले अघि बढाएको स्वास्थ्य सेवामा आवद्ध भएर सेवाकारी काम गर्ने योजना बनाएका
छन् ।
Post a Comment