Websoft University

उदाइरहेको युवाक्लब सिंहदेवीको साँस्कृतिक कार्यक्रम सप्पन्न




युवराज ठकुरी/सिंहदेवी,मोरङ, मंंसिर २ गते।
आफ्नो गाउँ आफै बनाउ भन्ने मुलनारालाई आत्मसात गर्दै उत्तरी मोरङ सिंहदेवी८मा स्थापित उदाइरहेको युवाक्लबले २०७३सालको तिहारको उपलक्ष्यमा संचालित सास्कृतिक कार्यक्रमको एक कार्यक्रम गरि समापन गरेको छ।

२०७०सालमा स्थापना गरि आफ्नो  गाउँ विकासका लागि प्रत्येक साल तिहारको अवसर पारेर सास्कृतिक कार्यक्रम शुरूवात गरि यो साल पनि निरन्तरता दिइएको सस्थाका अध्यक्ष खगेन्द्र सम्बाहाम्फे लिम्बूले बताउनु भयो।

ग्रामीण भेगमा गरिएको यस्ता अभियानले बालबालिकाको अन्तर्निहित प्रतिभाको विकास हुनुका साथै गाउँ विकासका निम्ति आर्थिक सङ्कलन पनि हुने भएकाले गाउँका अग्रज, अभिभावक र बालबालिकाहरु उत्साहित ढंगले सहभागी जनाएका थिए।

सास्कृतिक कार्यक्रम समापन समारोहको अवसरमा  उदाइरहेको युवाक्लबले बालबालिका हरुलाई पुरस्कार,प्रमाणपत्र,प्रसङ्सापत्र तथा वितरण  गरेका थिए।

 खगेन्द्र सम्बाहाम्फे लिम्बूको सभापतित्व र  सुमन लिम्बूको संचालनमा भएको कार्यक्रममा क्लबका सदस्य उदीप लिम्बूले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमका प्रमुख अतिथिमा कल्याणकारी माविका विव्यस अध्यक्ष खड्गबहादुर ठकुरी,विशेष अतिथि फाइट साप्ताहिक र रातोतारा डटकमका युवराज ठकुरी,अतिथिहरुमा कल्याणकारी माविका शिक्षक डब्लुबिक्रम खाण ठकुरी,कृष्णबहादुर ठकुरी,राजेश लिम्बू,तरुण दलका अरुण लिम्बू,नेकपा एमाले अध्यक्ष दीलिप ठकुरी, संघीय लिम्बुवान भोलिन्टियर्सका डीकल लिम्बू,बिक्रम शाही रहेका थिए।

कार्यक्रममा बालबालिकाहरुले आकर्षक नृत्य प्रस्तुत गर्नुका साथै अतिथिहरुबाट शुभकामना मन्तव्य राखिएको थियो।पछिल्लो समय ग्रामीण भेगमा बालबालिका नृत्यप्रति आकर्षित भएकाले पनि यस प्रकारका कार्यक्रमहरु गर्ने प्रचलन बढिरहेको स्थानीय सहभागीहरुले बताएका छन्।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.