बिराटनगर, कात्तिक २९ गते ।
मोरङको झोराहाट र टंकीसिनवारीका बासिन्दाले विराटनगर महानगरपालिकाभित्रै दुबै गाविस रहनुपर्ने भन्दै आन्दोलन
सुरु गरेका छन् । उनीहरुले आफूहरुलाई अलग्गै गाउँपालिका स्वीकार नभएको जनाएका छन् ।
आज मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायमार्फत आइतबार सरकारलाई ज्ञापन पत्र पठाउँदै दुबै गाविसका बासिन्दाले भौतिक पूर्वाधारका हिसाबले पनि आफूहरु महानगरभित्र अटाउन सक्षम रहेको जनाएका हुन् ।
झोराटको तर्फबाट नागरिक अगुवा प्रयाग न्यौपानेले प्रजिअ रायालाई स्थानीयबासीको हस्ताक्षरसहितको ज्ञापन पत्र बुझाउँदै बृहत्तर जनताको चाहना विराटनगरमै अटाउने भन्ने रहेको बताउनु भयो ।
स्थानीय निकाय पुर्नसंरचना आयोगमा दुबै गाविसलाई विराटनगरबाट अलग्गै गाउँपालिकामा राखिएको छ । यसअघि बृहत नागरिक समाजको तर्फबाट प्रजिअ रायालाई अगुवा तथा विराटनगरका अर्थशास्त्री डा. भेषप्रसाद धमलाले विराटनगरको रिङरोड क्षेत्रभित्रको भागलाई महानगरमा सहमाहित गर्नुपर्नेमा जोड दिनुभयो ।
टंकीसिनवारीका अगुवा निर वाग्लेले अहिल्यै सहर बनिसकेको टंकीसिनवारी गाउँपालिकामा रहन नसक्ने बताउनु भयो । मोरंङका प्रजिअ तोयम रायामाझीले नागरिक समाजको
र झोराहाटबासीको माग सरकार समक्ष लगिदिने बताउनु
भयो ।
Post a Comment