विराटनगर पुस ३ गते
इटहरी उपमहानगरपालिकाको पर्यटकीय स्थान तालतलैयामा भएको भेलाले दिवस पोख्रेलको अध्यक्षतामा सुनसरी २ नं क्षेत्रस्तरीय कलाकार सङ्घको गठन गरेको छ ।
यसक्षेत्रको कला, संस्कृति र संस्कारको जगेर्ना र संरक्षणको उद्देश्यले उक्त कलाकारका सङ्घको गठन भएको हो ।
सङ्घको उपाध्यक्षमा सुमी थापा, महासचिवमा दीपक ढकाल, सचिवमा सोनु जयन्ती र कोषाध्यक्षमा मुकुन्द भट्टराई रहनुभएको छ । साथै सोही भेलाले सङ्घको सदस्यहरुमा सचिव पोख्रेल, राजेश खनाल, खगेन्द्र विमली, सावित्री नेपाल, हिरा आचार्य र दुर्गा पौडेल ढकाललाई चयन गरेको छ ।
सोही भेलाले इटहरी–३ की बिरामी मनकुमारी धिमाललाई उपचारमा थप सहयोग पु¥याउने उद्देश्यले रु १५ हजार ६०० नगद जम्मा गरेर उनको उपचारमा सहयोग गर्ने घोषणासमेत गरेको छ ।
Post a Comment