Websoft University

महिलामा प्रजनन स्वास्थ्य समस्या बढ्दो




 बिराटनगर, पुस ११ गते ।
 उदयपुरको तपेश्वरी गाविसमा ६० प्रतिशत महिलामा प्रजनन स्वास्थ्यमा समस्या देखिएको छ। आईतबार रेडक्रस उपशाखा तपेश्वरीको आयोजना गरेको महिला स्वास्थ्य शिविरमा परिक्षणमा यस्तो देखिएको हो।

 स्वास्थ्य परिक्षण गर्न आएकाहरु मध्ये अधिकाशंलाई प्रजनन स्वास्थ्य समस्या देखिएको शिविरमा आएका स्वास्थ्यकर्मीले बताएका छन्। डाक्टर सुधा बस्नेतले उपचार गर्न आएका १०२ महिला मध्ये ६० जना महिलामा गम्भिर प्रकारको प्रजनन स्वास्थ्य समस्या देखिएको छ।

गम्भिर विरामी महिलाहरुलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर उपचार गरिने पनि डाक्टर बस्नेतले बताइन्। ‘महिलाहरुमा पाठेघर खसेका, सेतो पानी बग्ने, महिनावारी गडबढी हुने लगायतका समस्या बढी भेटे’, बस्नेतले भन्नि, ‘गाँउघरमा महिलाहरुकै लापरवाही र समस्या आउनसाथ उपचार नगराउने, कसैलाई नभन्ने परम्पराले यस्तो भएको हो।’

विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा तपेश्वरी गाविसको वडा नं. १ मा सम्पन्न स्वास्थ्य शिविरमा १०२ महिलाले स्वास्थ्य जाँच गराएको रेडक्रस उपशाखा सभापती ध्रुब कोईरालाले बताए। शिविरिमा विपी कोईराला स्वास्थ्य प्रतिष्ठानका दुई जना स्त्री तथा महिला रोग विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.