Websoft University

आज विश्व एड्स दिवस,विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईंदै


काठमाडौं, १६ मंसिर । आज विश्व एड्स दिवस, नेपालमा
पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । ‘हामी सबैको काम, एचआइभीको रोकथाम’ भन्ने नारासहित नेपालमा सरकारी तथा गैरसरकारी संघसंस्थाले यो दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने गरेका छन् ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा असुरक्षित यौनसम्पर्कका करिब ८५ प्रतिशत एचआइभी सङ्क्रमणको जोखिम रहेको छ । बाँकी सङ्क्रमण सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी, रोजगारीका लागि विदेसिने लगायतका कारणले हुने गरेको केन्द्रले जानकारी दिएको छ ।

प्रत्येक वर्ष नेपालमा अनुमानित एक हजार तीनसय ३१ नयाँ सङ्क्रमित थपिने गरेका छन् । सन् २०१५ को डिसेम्बरसम्मको तथ्याङ्कअनुसार नेपालमा करिब ३९ हजार ३९७ जनामा एचआइभी सङ्क्रमण भएको अनुमान छ।

तीमध्ये २४ हजार ४४९ पुरुष र १४ हजार ९४८ महिला सङ्क्रमित छन् भने विश्वमा अहिले करिब तीन करोड ६७ लाख व्यक्ति एचआइभी सङ्क्रमित भएको अनुमान गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.