Websoft University

सातौं राष्ट्रिय खेलकुद भोलिदेखि शुरु हुने– मन्त्री श्रीपाइली





विराटनगर, पुस ७ गते।
सातौं राष्ट्रिय खेलकुद भोलिदेखि पूर्वाञ्चलमा शुरु हुन गइरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले साताव्यापी जारी रहने सो प्रतियोगिताको भोलि विराटनगरको शहीद रङ्गशालामा  भव्य समारोहबीच उद्घाटन गर्नुहुने भएको छ ।

यस सम्बन्धमा आज युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले प्रतिभावान खेलाडीको खोजीमा सातौं राष्ट्रिय खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

उहाँले सन् २०१९ मा नेपालमा हुने सार्क खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु छनोट हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यस प्रतियोगितामा एक हजार ३५ पदकका लागि तीन हजार ९७२ जना खेलाडीको सहभागिता रहने जानकारी गराउनुभयो ।

सो अवसरमा खेलमा सहभागी खेलाडी र प्रशिक्षकलगायतको आउने क्रम जारी र सवै तयारी पुरा भइसकेको आयोजक समितिले जानकारी गराएको छ ।

सातौं राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न ३५ खेलमा २९४ स्वर्ण,२९४ रजत र ४४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.