Websoft University

एभरेष्ट साईन्स सेन्टर आर्कषणको केन्द्र बन्दै



सुनसरी ४ पौष ।
एभरेष्ट साईन्स सेन्टर सितागञ्ज सुनसरीमा शान्ति वनमा अध्ययन गर्ने विद्यार्थीदेखि देशभरका विभिन्न जिल्लाबाट पर्यटक आउनेको संख्या बढेको छ ।

सो क्षेत्रमा वनभोज खाने सर्वसाधारणदेखि विज्ञान केन्द्रको अध्ययन गर्ने विद्यार्थीहरुको समेत भिड लागेको छ ।

पछिल्लो समय सुनसरीको शान्ति वनमा एभरेस्ट विज्ञान केन्द भएर होस् या त रमणिय स्थलका रुपमा विकास भएकैकारण होस आन्तरिक पर्यटकको भिड बढ्दो छ ।

देश विदेशका विषय बस्तु हेर्न तथा अध्ययन गर्न पाईने भएकाले शान्तिवन हेर्न र घुम्न आउने गरेको पर्यटकहरु बताउछन् ।

पिकनीक स्पोट्सको रुपमा बिकसित हुदै गरेको शान्ति वनमा उल्लेखीय मात्रामा आन्तरीक पर्यटकहरुको भिड् लाग्ने गरेको छ ।

देशका विभिन्न जिल्ला झापा, मोरङ, सुनसरी र चितवन जिल्लाका विभिन्न क्षेत्रका ब्यक्तीहरु घुम्न आउने गरेका छन ।

 चिसोको मौसम बढ्दै जाँदा पनि घुम्न आएका युवा युवतिहरुको चहल पहलले प्राकृतिक सौन्दर्यता नै बढाइदिदा थप आनन्द महसुस हुने गरेको वनभोजका लागि शान्ति वनमा आएकाहरुको प्रतिक्रिया दिएका छन् ।

विद्यार्थीको दिमागलाई पुनर ताजकी गराउन आउने शिक्षक र विद्यार्थीहरुको भिड शान्ती वनमा बढ्ने गरेको छ । शान्ति वन घुम्न आउदा रमाईलो मात्र नभइ केही न केही सिकेर जाने शान्तीवनका संञ्चालक दिलीप अधिकारीको भनाई छ ।

आन्तरीक तथा बाह्य पर्यटन प्रबद्धर्नका लागी सुनसरीको एभरेष्ट साईन्स सेन्टर तथा पिक्नीक स्पोर्टसलाई थप विकसीत गर्न सबै सरोकावाला निकायको ध्यान जानु आवाश्यक छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.