Websoft University

बसाइँ रोक्न मोटरबाटो खन्दै ताप्लेजुङका स्थानियहरू।



ताप्लेजुङ पुस७ । ताप्लेजुङ नगरपालीका दुई भाटेका स्थानियबासि बसाई सराई रोक्न आफ्नै लगानिमा गाउँ सम्म लैजाने मोटरबाटो खन्न थालेका छन् ।

 सडक मार्गबाट टाढा रहेको सो क्षेत्रका स्थानिय बासी आधारभुत आवस्यकताको अभावमा बसाई जाने थालेपछि बसाई सराई रोक्न गाउँलेनै जुटेर गाउँ सम्म मोटरबाटो पु¥याउन जुटेका हुन् । सडक नपुग्दा सदरमुकाम लगायतका स्थान पुग्न समय लाग्ने र बिरामी भएको समयमा उपचारका लागि लैजान समेत समस्या हुने गरेको छ ।

त्यस क्षेत्रका स्थानीयवासी क्रमस बसाई सरि सहरी क्षेत्रमा जाँदा गाउँनै रितिने अबस्थामा पुगेकोले सडक संजाल पु¥याई बसाई सराई रोक्न लागेको स्थानीय युवराज पुरीको भनाइ छ ।  विकासको सम्भावना भएपछि मानिसको मन अडिने सोचले सडक निर्माण गर्न सरु गरीएको उपभोक्ता समिति अध्यक्ष तुलसी गिरीको भनाई छ ।

 दोखुको बहानन्देबाट फुङलिङको क्यानेम हुँदै गुँहेली भएर भाटे सम्म जाने ९ किलोमिटर सडक स्थानीयले खनिसकेका छन् । अहिले १४ लाख रुपैयाँ लागतमा ट्रयाक खोल्ने काम सकिएको गिरीले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.