Websoft University

लिविया विमान अपहरणकारीद्वारा आत्मसमर्पण, सबै सकुशल मुक्त




 काठमाडौं पुस ९ गते ।
 लिबियाको विमान अपहरणमा संलग्न दुई जना अपहरण कारीले आत्मसमर्पण गरेका छन्। माल्टा सरकारसँग आत्मसमर्पण गरेपछि चालक दलका सदस्यसहित ११८ जना सकुशल छुटेका छन्।

 माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले ट्वीट गर्दै अपहरणकारी दुवै युवकले आत्मसमर्पण गरेको जनाएका छन्। उनले अपहरणकारीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको खुलाएका छन्।

लिबियाको राजधानी त्रिपोलीबाट उडेको आन्तरिक उडानको विमान शुक्रबार दुई जनाले अपहरण गरी माल्टा लगेका थिए। अपहरणकारीको परिचय खुलेको छ। उनीहरुको नाम मौसा साह र अहमद अली हो।

अपहरणकारीले आफूहरु गद्दाफीका समर्थक रहेको पनि बताएका छन्। आत्मसमर्पणअघि उनीहरुले विमानबाट बाहिर आएर मुअम्मर अल गद्दाफीको शासनकालको लिबियाको झण्डा फहराएका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.