Websoft University

कम्बल पाएपछि कोसीपीडित खुसी



सुनसरी १० पुस । सुनसरीको कोसी प्रभावित क्षेत्र पश्चिम–कुशाहा गाविस– ९ की ललिताराम मङ्सिरको दोस्रो सप्ताहदेखि चलेको शीतलहर र जाडोले ‘घुर’ बालेर जेनतेन रात बिताउने गर्नुहुन्थ्यो ।

 सुनसरी सदरमुकाम इनरुवा– ७ मा रहेको ‘हिदायत एजुकेसन एन्ड वेलफेयर ट्रस्ट’ नेपालले कम्बल प्रदान गरेपछि राम खुसी हुनुहुन्छ । गरिबको जीवन जहिले पनि कष्टकर रहेको बताउँदै रामले कम्बल पाएपछि रातमा घुर छोडेर आरामले सुत्ने प्रतिक्रिया दिनुभयो ।

 रामले कोसी प्रभावित क्षेत्रमा बस्दा निकै चिसो र शीतलहरको सामना गरिरहेका बेला ट्रस्टले कम्बल वितरण गरेपछि राहत मिलेको बताउनुभयो ।


ट्रस्टले राम जस्तै एक हजार २५ परिवारलाई जाडोबाट बच्न कम्बललगायत अन्य लुगाकपडा वितरण गरेपछि आफूहरुलाई राहत मिलेको इनरुवा– ७ का ज्येष्ठ नागरिक गफार साफीले बताउनुभयो ।

साफी र राम जस्तै विपन्न, गरिब, दलित, असहाय र सीमान्तकृत समुदायलाई ट्रस्टले जाडोबाट जोगिन सबैलाई कम्बल, महिलाका लागि ऊनी कुर्ता र बालबालिकाका लागि ट्र्याक सुटलगायत कपडा वितरण गरिएको संस्थाका अध्यक्ष मौलाना हारुन खानले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.