विराटनगर पुस ५ गतेे ।
युवा संघ रुपन्देहीका अध्यक्ष दूर्गा तिवारीको हत्याको घटनाबारे बुझ्न एमाले केन्द्रबाट दुई नेतालाई रुपन्देही पठाउने भएको छ । तिवारीको हत्याको घटनाबारे बुझ्न उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल काठमाडौंबाट रुपन्देही जान लागेका हुन् ।
हत्यारालाई कारवाहीको माग गर्दै युवासंघले गृहमन्त्री विमलेन्द्र निधीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । ज्ञापनपत्र बुझाईसकेपछि युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारी लगायतको टोली पनि रुपन्देही जानेछ ।
युवा संघ रुपन्देहीका जिल्ला अध्यक्ष तिवारीमाथि सोमबार अज्ञात समूहले गोली प्रहार गरेको थियो । गोली लागेर घाईते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । हत्याको विरोधमा युवासंघ नेपालले मंगलबार लुम्बिनी बन्दको घोषणा गरेको छ । बन्दका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ ।
Post a Comment