Websoft University

ट्रक दुर्घटना हुँदा रातभर राजमार्ग अबरुद्ध



विराटनगर, १७ मंसिर । मोरङको सुन्दरदुलारी नगरपालिकाको गछिया खोलाको पुलमा ट्रक दुर्घटना हुँदा गयरातिदेखि आज विहान सम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । दुर्घटनामा परेको ना ४ ख २३०४ नम्बरको ट्रक सडकमै तेर्सिएपछि दुबैतर्फ सवारी आवागमन ठप्प भयो ।

राति साढे ११ बजेबाट विहान छ बजे सम्म सवारी आवागमन प्रभावित बनेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले बताउनु भयो । क्रेन र जेसिभीको सहायतामा ठूलो संख्यामा परिचालित नेपाल र सशस्त्र प्रहरीले आज विहान छ बजे मात्र राजमार्ग सूचारु गर्न सकेको थापाले बताउनु भयो । विराटनगरबाट मैदा लोड गरेर झापातर्फ जाँदै गरेको ट्रक पुलको बारमा ठोक्किएर दुर्घटनामा परेको हो ।

अत्यधिक मादक पदार्थ सेवन गरेका चालक नरकुमार मगरले ट्रक चलाएका थिए । दुर्घटनामा कुनै पनि मानविय क्षति नभए पनि राजमार्गमा सवारी आवगामन पूर्ण रुपमा प्रभावित बनेको थियो । ट्रक सडकमा तेर्सिएपछि पश्चिममा इटहरी र पूर्वमा बेलगाछी सम्म सवारी साधनको लाम लागेको थियो । नेपाल र सशस्त्र प्रहरीको ठूलो प्रयासपछि सूचारु भएको राजमार्गमा अहिले एकतर्फीमात्र सवारी आवागमन भइरहेको छ ।

सडकमा तेर्सिएको ट्रक हटाएर दुईतर्फीनै सवारी साधन आवतजावत गर्नका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ । यस्तै मादक पदार्थ सेवन गरेर ट्रक चलाएका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । उनी विरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा दर्ता गर्न म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक थापाले बताउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.