विराटनगर, मंसिर १८ गते ।
राज्य पुनसंरचनाको तथा श्रोत बाँडफाट आयोगको प्रतिवेदनले सिफारिस गरेको तराईमा दुई प्रदेशको सुनिश्चिततालगायतका माग राख्दै नागरिक समाजवादी
पार्टीले आन्दोलनका विभिन्न कार्यक्रम अगाडि सारेको छ।
पार्टीका केन्द्रीय संयोजक राजकुमार लेखीले आज विराटनगरमा पत्रकार सम्मेलनका आयोजना गर्दै टिकापुर घटनाका निर्दोष बन्दीहरुको रिहाई,जातीय जनसंख्याको आधारमा राज्यको हरेक तह र तप्कामा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितताको माग गरिएकोछ।
तराईमा थारु भाषालाई सरकारी कामकाजको भाषा घोषणा गरिनुपर्ने समेत माग गर्दै पौष ६ गते तराई थरुहटमा चक्काजामको आयोजना गर्ने जनाएको छ।
Post a Comment