काठमाडौं, पुुस ११ गतेे ।
सामाजििक संजालमा भाइरल भैरहेको यो फोटो कसको हो अनि यो फोटोले के सन्देश दिन खोजेको छ त ? एक गर्भबती महिला सड़कमा हिड्दै गर्दा उनको जुत्ताको तुना फुस्किएको छ ।
आफु निहुरिन पनि नसक्ने अबस्थामा रहेकी उक्त महिलाको जुत्ताको तुना उनकै श्रीमानले लगाईदिएको फोटो अहिले सामजिक संजालमा भाइरल बनेको हो ।
नेपाली समाजमा अहिले सम्म पुरुषले महिलाको खुट्टा छुनु हुदैन भन्ने मान्यता रहेको छ । पुरुषप्रधान समाजमा नारीलाई सर्वदा भोगको मात्र विषय मानेर सदा आफूमाथि रहने प्रपन्च चलिरहेको छ । श्रीमान र श्रीमति एकै सिक्काको दुईपाटो या एकै रथका चार पांग्रा भएपनि श्रीमतीको हरेक यात्रामा होस या घरियासी काममा होस श्रीमान ले दमन गर्दै आएका छन ।
बिहान उठने बित्तिकै श्रीमतीले श्रीमानको जल खानु पर्छ, खुट्टामा ढोग्नुपर्छ जस्ता कुरितीहरु बिस्तारै समाजबाट हट्दै गएपनि केहि ठाउँ मा यी पुराना कुरितीहरु अहिले पनि सुन्नमा आउंछन ।
नेपाली समाजले आफुखुशी नियम बनाएका छन जस्तै – कतै कतै श्रीमतीको नाम पनि श्रीमानले लिनु हुँदैन भन्ने चलन पनि पाइन्छ, तर श्रीमतीले श्रीमानको नाम लिने कुरामा बढ्ता निषेध छ । बुद्धि र शारीरिक लिङ्गको कुनै साइनो हुँदैन भन्ने कुरो विज्ञानले प्रमाणित गरिसकेको छ, तर नेपाली लोक विश्वासले चाहिँ आइमाईको बुद्धि लोग्ने मान्छेको भन्दा कम हुन्छ भन्ने मान्दछ । आइमाईले ठिङ्ङ उभिनु हुँदैन भन्ने लोक विश्वासमा पनि पुरुष सत्ताले काम गरेको देखिन्छ ।
नेपाली संस्कृति अनुसार आइमाईले लामा कपाल पाल्ने र
लोग्ने मान्छेको कपाल छोटो पार्ने भएकाले श्रीमान परदेश गएको दिन अथवा बिहीवार, औँसी र औँसीको चतुर्दशीको दिन श्रीमतीले कपाल नुहाउनु नहुने लोक विश्वास भएको तर श्रीमती परदेश गएको दिन श्रीमानले कपाल नुहाउनु नहुने लोक विश्वास नभएको हो कि अथवा पुरुष सत्ताकै पक्षपाती दृष्टि कोणले गर्दा यस्तो लोक विश्वास बनेको हो, त्यो चाल पाइँदैन ।
२१ औ शताब्दीमा पनि यस्ता कुराहरुमा अल्झेर बस्न नाचाहने नयाँ पीढ़ीहरु महिला हिंसा बिरुध्द खुलेर नै आवाज निकालेका छन । माथिको तस्बिरले एक गर्भबती महिलालाई पर्ने अफ्ट्यारो , उनको दुखाई अनि बाध्यता लाई एक पुरुषले कसरी स्नेह, माया र साथ दिनुपर्दो रहेछ, श्रीमान श्रीमतीको सामीप्यता ले परिवारमा कुनै पनि मनमुटाब, बाधा अड़चन नआउने देखिएको छ । तस्बीरमा देखिएका संतोष श्रेष्ठ र सुजीता श्रेष्ठको जोडी स्पेनको बार्शिलोनामा बिगत ६ वर्ष देखि बस्दै आईरहेका छन ।
Post a Comment