काठमाडौं, मंसिर १८ गते ।
दर्ता तथा नविकरण नभएका अस्पताल, क्लिनिक लगायत स्वास्थ्य संस्थामा डाक्टरले काम गर्न नपाउने भएका छन् । नेपाल मेडिकल काउन्सिले काउन्सीलमा दर्ता भएका डाक्टरलाई सार्वजनिक तथा आन्तरिक सूचना मार्फत दर्ता तथा नविकरण नभएका अवैध क्लिनिकमा जान प्रतिबन्ध लगाएको हो ।
स्वास्थ्य मन्त्रालयले केही दिन पहिले गरेको अनुगमनमा नेपाल मेडिकल काउन्सिलमा दर्तावाला चिकित्सकले पनि दर्ता नै नगरिएका निजी क्लिनिक, औषधि पसल, पोलिक्लिीनिक तथा अस्पतालमा काम गरिरहेको पाइएपछि काउन्सिलले यस्तो प्रतिवन्ध लगाएको छ ।
काउन्सिलको आग्रहलाई बेवास्ता गर्ने डाक्टरलाई कारवाही गरिने सूचनामा उल्लेख छ । स्वास्थ्य मन्त्रालयले अनुगमनमा अवैध भेटिएका स्वास्थ्य संस्थामा तालाबन्दी गरी अर्को ब्यवस्था नहुँदासम्मका लागि नयाँ दर्ता पनि रोक्का गरेको छ ।
Post a Comment